संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको छ : माधव नेपाल

हिमाल प्रेस २६ असोज २०८० १८:२० | Friday, October 13, 2023
संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको छ : माधव नेपाल माधवकुमार नेपाल। फाइल तस्बिर।

कैलाली- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गरेका छन्। समाजवादी जागरण अभियानअन्तर्गत आज (शुक्रबार) कैलालीको लम्कीमा आयोजित सभामा अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको बताएका हुन्।

उनले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताए। ‘देशमा केही शक्तिहरू पुनः राजतन्त्रको पक्षमा देखिएका छन्, त्यस्ता प्रयत्नलाई हामीले असफल पार्नुपर्छ,’ उनले भने।

अहिले नागरिकमा समेत नैराश्यता, बेरोजगार, महँगी बढिरहेको बताउँदै देशमा दलालीकरण बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरेका थिए। जागरण अभियानबाट पार्टीलाई गतिशील बनाउने काम भइरहेको बताउँदै अध्यक्ष नेपालले २०८४ को चुनावमा पार्टी एक्लै चुनाव लड्नेसमेत बताए।

प्रकाशित: २६ असोज २०८० १८:२० | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast