पूर्व नगरप्रमुख पौडेलको निधनमा जीतपुरसिमरामा आज शोक बिदा

हिमाल प्रेस २६ असोज २०८० १०:१९ | Friday, October 13, 2023
पूर्व नगरप्रमुख पौडेलको निधनमा जीतपुरसिमरामा आज शोक बिदा

काठमाडौँ- बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्व नगरप्रमुख डा. कृष्णप्रसाद पौडेलको निधनमा शोक मनाउन आज शोक बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाका प्रथम नगरप्रमुख पौडेल समाजसेवी तथा सहकारी अभियन्ता समेत हुन्।

घरमा कोही नभएको अवस्थामा पौडेल बिहीबार आफ्नै घरमा मृत भेटिएका थिए। उनको शव हाल पोष्ट्रमार्टनका लागि वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पताल लगिएको छ। पौडेल नेकपा एमालेका मधेश प्रदेशका सचिव हुन्।

पौडेलको निधनमा जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख राजन पौडेलले शुक्रबार बिहान विज्ञप्ति जारी गरेर पौडेलको निधनमा उपमहानगरभित्र शोक बिदा दिने निर्णय भएको जनाएका छन्।

प्रकाशित: २६ असोज २०८० १०:१९ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast