काठमाडौँ- पुस ६ गतेदेखि बुध्द एयरले काठमाडौँ–सुर्खेत दैनिक दुई उडान गर्ने भएको छ। १ गतेदेखि एटीआर–७२ विमानमार्फत दैनिक एक उडान सुरु गरेको कम्पनीले हप्ता दिनमै उडान थप गरेको हो। यात्रुको चाप बढेपछि उडान थप गरेको बुध्दले जनाएको छ।
६ गतेदेखि हरेक दिन बिहान १० बजे काठमाडौँबाट सुर्खेतका लागि पहिलो उडान हुनेछ। सुर्खेतबाट ११ः३५ मा काठमाडौँका लागि उडान हुनेछ। त्यस्तै दोस्रो उडान काठमाडौँबाट दिउँसो १ः२५ मा हुने बुध्द एयरले जनाएको छ। सुर्खेतबाट काठमाडौँका लागि दोस्रो उडान ३ बजे हुनेछ।
प्रकाशित: ३ पुष २०७९ १६:५७
प्रतिक्रिया