यू-१९ एसीसी प्रिमियर कप

पहिलो खेलमा इरानमाथि नेपालको सानदार जित

हिमाल प्रेस २५ असोज २०८० १३:४१ | Thursday, October 12, 2023
पहिलो खेलमा इरानमाथि नेपालको सानदार जित

काठमाडौँ- इरानमाथि नेपालले फराकिलो जित हात पारेको छ। यू-१९ एसीसी प्रिमियर कपमा नेपाल २७४ रनले जितेको हो।

वाईएसडी यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा नेपालका बलरसामु इरानका कुनै ब्याट्सम्यान टिक्न सकेनन्।

इरानका ओपनर अमिर खोरासन्द र सबिर इब्राहिशमीपोर बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्।
खोरासन्दले सर्वाधिक ३७ रन र सबिर इब्राहिशमीपोर ११ रन बनाए। इरानी ब्याट्सम्यान ३० औँ ओभरमै अलआउट भए। नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३ विकेट लिए। हेमन्त धामी र आकाश चन्दले समान २ विकेट चट्काए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा समेटिदै ३५३ रनको उच्च लक्ष्य दिएको थियो।
नेपालको ब्याटिङ पक्ष उल्लेखीय रह्यो। सुरुवात राम्रो नभए पनि बीचका ब्याट्सम्यानले क्रिज सम्हालेका थिए।

कप्तान देव खनालले ६० बलमा शतक प्रहार गर्दै नेपाललाई उच्च लक्ष्य दिलाउन मदत गरे।

दीपकप्रसाद डुम्रेले ६९ रन बनाएको इनिङ्समा ओपनर दीपक बोहराले ६५ रन बनाए। दीपेश कँडेलले २९, हेमन्त धामीले २३ तथा सुवास भण्डारीले १८ रन बनाएका थिए।

इरानका सलमान नियाजमन्द र दादरहमान रायसीले समान ३ विकेट लिए। जैद रायसी र समान शेखीले समान दुई विकेट हात पारे।

समूह एमा रहेको नेपालले अब बहराइन र साउदी अरबसँग खेल्नेछ। नेपाल प्रतियोगिताको विजेता बन्दै एसिया कपमा छनोट हुने लक्ष्यमा रहेको छ।

 

प्रकाशित: २५ असोज २०८० १३:४१ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast