रिगलको रिट अब पूर्ण इजलासमा

हिमाल प्रेस २५ असोज २०८० १२:१५ | Thursday, October 12, 2023
रिगलको रिट अब पूर्ण इजलासमा सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- रिगल भनिने योगराज ढकालको कैद कट्टाविरुद्ध परेको रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा परेको छ।

रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो।

राष्ट्रपतिद्वारा ६० प्रतिशत कैद कट्टा गरि थुनामुक्त गरिएको निर्णय कानुनसंगत नभएको भन्दै चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिट यसअघिको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोही आदेश बमोजिम बिहीबार उक्त रिट पूर्ण इजलासमा परेको हो।

संविधान दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढकाललाई बाँकी कैद कट्टा गरी जेलमुक्त गरिदिएका थिए।

कारागार कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दाङ, कारागार व्यवस्थापन विभाग, गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकबाट रिगलको बाँकी कैद कट्टा गर्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को सोही निर्णय राष्ट्रपति पौडेलले सदर गरेका थिए ।

प्रकाशित: २५ असोज २०८० १२:१५ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast