काठमाडौँका यी क्षेत्रमा केही दिन विद्युत् नहुने

हिमाल प्रेस २५ असोज २०८० १०:३१
2
SHARE
काठमाडौँका यी क्षेत्रमा केही दिन विद्युत् नहुने

काठमाडौँ- काठमाडौँका विभिन्न स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणको काठमाडौं ग्रिड महाशाखा अन्तर्गत लैनचौरस्थित ६६ र ११ केभी सबस्टेसन स्तरोन्नति भइरहेकाले कात्तिक ४ गतेसम्म उक्त सबस्टेशनबाट आपूर्ति भइरहेका स्थानसहित अन्य क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।

उक्त सबस्टेसनबाट सञ्चालित सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरेको छ। त्यसकारण यी क्षेत्रमा विद्युत् सेवा केही दिन प्रभावित हुने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित: २५ असोज २०८० १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 11 =