काठमाडौँ- युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ जाने भएका छन्। साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले साउदलाई नै इजरायल पठाउने निर्णय गरेको हो।
उद्धार गरिएका नेपाली र अन्य नेपाल फर्किन चाहने नेपालीलाई लिन आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल जाँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
नेपाल फर्किनेहरूको टिकट खर्च पनि सरकारले नै बेहोर्ने छ।
प्रकाशित: २४ असोज २०८० १७:५५ | Wednesday, October 11, 2023
प्रतिक्रिया





