इजरायलबाट यसरी सुरक्षित फर्किएकी थिइन् नुसरत…

हिमाल प्रेस २४ असोज २०८० १३:२१ | Wednesday, October 11, 2023
इजरायलबाट यसरी सुरक्षित फर्किएकी थिइन् नुसरत…

काठमाडौँ- प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गर्दा बलिउड अभिनेत्री नुसरत भरुचा इजरायलमै थिइन्। आक्रमणको भोलिपल्ट अक्टोबर ८ मा उनी भारत सुरक्षित आइपुगेकी हुन्।

‘प्यारका पंचनामा’, ‘सोनु की टिटु की स्विटी’, ‘छलाङ’, ‘छोरी’लगायत हिन्दी फिल्ममा काम गरेकी उनी सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भएको ‘हाइफा अंतर्राष्ट्रीय फिल्म महोत्सव’मा सहभागी हुन इजरायल पुगेकी थिइन्।

इजरायलबाट सुरक्षित फर्किए पनि उनी मुम्बई विमानस्थलमा पुग्दा उनी निकै डराएकी देखिएको भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए। विमानस्थलमा सञ्चारकर्मीले उनीसँग कुरा गर्न खोज्दा उनी बोलेकी थिइनन्। उनले आफू बोल्न नसक्ने अवस्थामा रहेको भन्दै पत्रकारहरूसँग केही समय मागेकी थिइन्।

अब उनले सामाजिक सञ्जालमार्फत आफ्नो इजरायल अनुभव साझा गरेकी छन्। इन्स्टाग्राममा पोस्ट गरेकी छन्। उनले लेखेकी छन्  :

अक्टोबर ३ मा फिल्म फेस्टिभलमा सहभागी हुन इजरायल पुगेकी थिएँ। अक्टोबर ६ मा हामीले पार्टी गर्यौ‌। त्यसको भोलिपल्ट म भारत फर्किने थिएँ। भोलिपल्ट बिहान बमको आवाजले हाम्रो निद्रा खुल्यो। साइरन बजिरहेका थिए। हामी होटलको बेसमेन्ट सेल्टरतिर भाग्यौँ। हामी तुरुन्तै भारतीय दूतावास पुग्न चाहन्थौँ। जो त्यहाँबाट दुई किलोमिटर टाढा थियो। चारैतिर बम खसिरहँदा र सवारीको कुनै पनि साधन नहुँदा त्यो दुई किलोमिटर पनि धेरै टाढा लाग्दो रहेछ। असम्भवजस्तै लाग्ने रहेछ।

इजरायलमा हमासका विद्रोही पसेको र उनीहरूले मान्छेहरूलाई मारिरहेको थाहा पायौँ। हामीले मद्दतका लागि चारैतिर फोन गर्न थाल्यौँ। भारतबाट सल्लाह लिइरहेका थियौँ। छिट्टै तेल अवीव एयरपोर्ट बन्द हुने जानकारी पायौँ। मोबाइलको ब्याटरी सकिरहेको थियो। सिग्नल पनि आउनेजाने भइरहेको थियो।

हामीले यस्तो ठाउँबाट मद्दत पायो, जहाँबाट आशा नै गरेका थिएनौँ। एक जना इजरायली सहकलाकारले फोन गरे। भारत र इजरायली दूतावासबाट पनि मार्गदर्शन मिल्यो। होटलका सहयोगी कर्मचारीले मद्दत गरे। सबैभन्दा बढी त ट्याक्सी ड्राइभरले। जसले आफ्नो ज्यान जोखिममा पारेर निःस्वार्थ त्यस्तो संकटमा हाम्रो सहायता गरे।

हामी सबै डराएका थियौँ। कोही रोइरहेका थिए। कोही प्रार्थना गरिरहेका थिए। डराए पनि एकअर्कालाई ढाडस दिँदै थियौँ हामी। जेनतेन साहस जुटाएर विभानस्थल पुग्यौँ। त्यहाँबाट सुरक्षित भारत आइपुग्यौँ। युद्ध भूमिबाट सुरक्षित आफ्नो घर आइपुग्दा आफूलाई मद्दत गर्ने सबैप्रति आभारी छु।

हामी सबै डराएका थियौँ। कोही रोइरहेका थिए। कोही प्रार्थना गरिरहेका थिए। डराए पनि एकअर्कालाई ढाडस दिँदै थियौँ हामी। जेनतेन साहस जुटाएर विभानस्थल पुग्यौँ। त्यहाँबाट सुरक्षित भारत आइपुग्यौँ। युद्ध भूमिबाट सुरक्षित आफ्नो घर आइपुग्दा आफूलाई मद्दत गर्ने सबैप्रति आभारी छु।

प्रकाशित: २४ असोज २०८० १३:२१ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast