इजरायलमा मारिएका साहका परिवारलाई मधेश सरकारले पाँच लाख दिने

हिमाल प्रेस २४ असोज २०८० ७:३६ | Wednesday, October 11, 2023
इजरायलमा मारिएका साहका परिवारलाई मधेश सरकारले पाँच लाख दिने

जनकपुरधाम- मधेश प्रदेश सरकारले इजरायलमा आतंककारी संगठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई  पाँच लाख रुपैयाँ राहतस्वरुप दिने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए।

मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको संज्ञा दिए।

विज्ञप्तिमा भनिएको छ, ‘त्यस आक्रमणले १० परिवारको सपना भताभुंग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ। असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु।’

प्रकाशित: २४ असोज २०८० ७:३६ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast