आधा किलो सुनसहित एक जना पक्राउ

हिमाल प्रेस २३ असोज २०८० १३:४६ | Tuesday, October 10, 2023
आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए।

मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ।

धामीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको पाण्डेले जानकारी दिए। रासस

प्रकाशित: २३ असोज २०८० १३:४६ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast