सकियो ‘महागफाडी’को अडिसन

हिमाल प्रेस २३ असोज २०८० १३:१२ | Tuesday, October 10, 2023
सकियो ‘महागफाडी’को अडिसन

काठमाडौँ- टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सकिएको छ। फिजिकल अडिसनबाट १८ प्रतिस्पर्धी छानिएको शो का निर्देशक नरेश नाथ योगी (किंग योगी)ले बताए।

१८ प्रतिस्पर्धीमा शोभा लामिछाने, अनिल राई, अर्जुन पोखरेल, दिपेश घिमिरे, दिल्लीराज अधिकारी, हरि गजुरेल, हुकुम बाबु ओली, कर्म लामा, कृष्ण भुर्तेल (लक्ष्मण), निरोज त्वयाना, प्रजुन नेपाल, रेशम सापकोटा, सञ्जीव भट्टराई, सन्तोष तिवारी, सरोज खतिवडा, श्रीराम कँडेल, शुभम् सिंह भुमिहार, अमरेन्द्र यादव छन्। यसअघि डिजिटल अडिसनबाट छानिएका १०० जना प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो।

‘मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो।’ निर्देशक योगीले भने। ‘अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि ‘महागफाडी’ उपयोगी र नविन प्लेटर्फम सावित हुनेछ।’

निर्माण कम्पनीकाअनुसार कुनै एक टेलिभिजनबाट टप १८ राउण्डको प्रसारण गरिनेछ। कार्यक्रम १६ हप्तासम्म चल्नेछ। शोको डिजिटल राइट्स र प्रसारण हुने टेलिभिजन च्यानल बारेमा छलफल भइरहेको निर्माण टिमले जनाएको छ।

‘महागफाडी’को निर्णायकमा वरिष्ठ हाँस्यव्यंग्य कवि शैलेन्द सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन्। कार्यक्रम अभिनेता कामेश्वर चौरासियाले सञ्चालन गर्नेछन्।

कार्यक्रमको फाइनल एपिसोड अष्ट्रेलिया र पहिलो विश्व भ्रमणको सुरुवात क्यानडाबाट गरिने जानकारी आयोजकले बताएको छ। दर्शकको भोटिङका आधारमा रियालिटी शो को विजेता छनोट गरिनेछ। भोटिङ ‘माई पे’मार्फत गर्न सकिनेछ।

‘महागफाडी’ को विजेताले १५ लाख नगद तथा सवारी साधन पाउनेछ। फस्ट रनरअपले १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपले ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने निर्देशक योगीले जानकारी दिए।

ढाकाटोपी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको रियालिटी शो मा सहभागीले शोको सिजन अवधीभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफुलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गनुपर्ने हुन्छ।

प्रकाशित: २३ असोज २०८० १३:१२ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast