हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हिमाल प्रेस ३ पुष २०७९ ८:५८ | Sunday, December 18, 2022
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

चितवन- चितवनमा जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीया भागिरथी सुवेदी मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर नजिक आक्रमण गरेको थियो। आक्रमणबाट घाइते भएकी सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।

साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।

प्रकाशित: ३ पुष २०७९ ८:५८ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast