पश्‍चिम र मध्य अफ्रिकामा बाढीका कारण १ हजार ४ सय जनाको मृत्यु

हिमाल प्रेस ३ पुष २०७९ ६:१० | Sunday, December 18, 2022
पश्‍चिम र मध्य अफ्रिकामा बाढीका कारण १ हजार ४ सय जनाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ– पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण १ हजार ४ सय व्यक्तिको मृत्यु भएको छ। यस्तै २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसंघका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन्।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण यस क्षेत्रका २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ।

लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा बढी घरमा क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । ‘मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू बाढी पहिले नै उच्च स्तरको खाद्य असुरक्षा, कुपोषण, अस्थिरता र हिंसासँग जुधिरहेका थिए,’ ओसीएचएले भनेको छ। राष्ट्रिय र स्थानीय अधिकारीले मानवीय एजेन्सीको सहयोगमा प्रतिकार्यको नेतृत्व गरिरहेका छन्।

प्रकाशित: ३ पुष २०७९ ६:१० | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast