पोखरा र चितवनमा सिट्रोनको शोरुम

हिमाल प्रेस १५ असोज २०८० १२:१४
पोखरा र चितवनमा सिट्रोनको शोरुम

काठमाडौँ- नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले पोखरा र चितवनमा नयाँ शोरुम सुरुवात गरेको छ। पोखराको नयाँबजारमा एसएसएल मोटर्स कम्पनी प्रालि र चितवनको भरतपुर–१० रिजाल चोकमा ओजोन मोटर्स कम्पनीले सिट्रोनको शोरुम सञ्चालन गर्नेछन्।

यातायात व्यवस्था कार्यालय गण्डकी कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार पोखरामा शोरुमको उद्घाटन गरेका हुन्।

त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र सांग्रिला मोटर्स प्रालिका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले शुक्रबार चितवनको शोरुम शुभारम्भ गरे।

सांग्रिला मोटर्सले दसैँ र तिहारको अवसरमा प्रमोसनल स्किम पनि ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षको लागि निःशुल्क कम्प्रिहेन्सिब इन्सुरेन्स लगायतका लाभ लिन सक्नेछन्।

प्रकाशित: १५ असोज २०८० १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =