चाडपर्वको अवसरमा सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

हिमाल प्रेस १४ असोज २०८० १२:३१
चाडपर्वको अवसरमा सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

काठमाडौँ- ग्राहकले सोनाम ब्राण्डका सामग्रीमा ७० प्रतिशतसम्म छुट पाउने भएका छन्। कम्पनीले गत बिहीबारदेखि लागू हुनेगरी उक्त अफर ल्याएको हो।

चाडपर्वको अवसरमा ल्याइएको उक्त अफर यही असोज २७ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ। उक्त कम्पनीले व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोगी हुने सामग्री बिक्री वितरण गर्दै आएको थियो।

‘यसपालिको चाड, सोनामको साथ’ नामक छुट योजना सार्वजनिक गर्दै उक्त अफर ल्याइएको हो। ‘यो अफरमा छानिएका वस्तुमा७० प्रतिशतसम्म छुट पाइने छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन पाइन्छन्।’

प्रकाशित: १४ असोज २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =