नेपाल भित्रियो अमेरिकन रेस्टुरेन्ट ‘केन्नी रोजर्स रोस्टर्स’

हिमाल प्रेस १२ असोज २०८० १६:५६ | Friday, September 29, 2023
नेपाल भित्रियो अमेरिकन रेस्टुरेन्ट ‘केन्नी रोजर्स रोस्टर्स’

काठमाडौँ- चर्चित अमेरिकन रेस्टुरेन्ट ब्रान्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर) नेपाल भित्रिएको छ। दरबारमार्गको ‘दरबार मल’मा केन्नी रोजर्स रोस्टर्सको आउटलेट सञ्चालनमा आएको हो।

गुल्मीका दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्दर महतराले अमेरिकन रेस्टुरेन्ट ब्रान्डलाई नेपाल भित्र्याएका हुन्। दरबार मलको दोस्रो तलामा रेष्टुरेन्ट छ। केन्नी रोजर्सको स्ट्यान्डर्डमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउन करिब तीन करोड रूपैयाँ लगानी लागेको सञ्चालक थापाले बताए। रेस्टुरेन्ट दुई हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ, जहाँ एकैपटक ७० जनासम्मले सेवा लिन सक्छन्।

प्रकाशित: १२ असोज २०८० १६:५६ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast