एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुट सम्झौता

हिमाल प्रेस १२ असोज २०८० १६:४४ | Friday, September 29, 2023
एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुट सम्झौता

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर लाजिम्पाटबीच छुट सम्झौता भएको छ। यसअनुसार बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीले वेलनेस सेन्टरका विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट पाउने छन्।

सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले हस्ताक्षर गरेका छन्। छुट पाउन वेलनेसमा सेवा लिएपछि ग्राहकले एभरेष्ट बैंकको एटीएम, मोबाइल बैंकिङ वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ। एभरेष्ट बैंकले १२७ शाखा, ३ एक्सटेन्सन काउन्टर र १६२ एटीएमबाट देशव्यापी सेवा दिइरहेको छ।

प्रकाशित: १२ असोज २०८० १६:४४ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast