सात वर्षपछि भारतमा पाकिस्तानी क्रिकेट टिमको प्रशिक्षण [तस्बिरहरू]

हिमाल प्रेस ११ असोज २०८० १६:४८ | Thursday, September 28, 2023
सात वर्षपछि भारतमा पाकिस्तानी क्रिकेट टिमको प्रशिक्षण [तस्बिरहरू]

काठमाडौँ- एक दिवसीय क्रिकेट विश्व कपका लागि पाकिस्तानी टिम भारत आइपुगेको छ। युनाइटेड अरब इमिरेट्स (दुबई) हुँदै पाकिस्तानी टिम बुधबार भारत आइपुगेको हो।

भारतको हैदराबादस्थित राजीव गान्धी इन्टरनेसनल क्रिकेट रंगशालामा समर्थकले पाकिस्तानी टिमको भव्य स्वागत गरेका हुन्। विश्वकप क्रिकेट आउँदो अक्टुबर ५ तारिखदेखि सुरु हुँदैछ।

पाकिस्तानी टिम रंगशाला पुग्दा त्यहाँ सर्वसाधारण तथा सुरक्षा अधिकारीको निकै भीड रहेको थियो। बिहीबारदेखि पाकिस्तानी टिमले हैदराबादमा प्रशिक्षण पनि थालेको छ।

पाकिस्तानी टिम सात वर्षपछि भारत आएको हो। यसअघि सन् २०१६ मा टी–२० वर्ल्ड कप खेल्न पाकिस्तानी टिम भारत आएको थियो।

तस्बिर स्रोत : पाकिस्तानी क्रिकेट बोर्ड

 

प्रकाशित: ११ असोज २०८० १६:४८ | Thursday, September 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast