दाङ- लुम्बिनी प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीहरूलाई बिहीबार सार्वजनिक बिदा दिएको छ।
प्रदेश गृह मन्त्रालयका सचिव लालबहादुर कवारीले सूचना जारी गरी पैगम्बर मोहम्मद जयन्तीको अवसरमा प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीलाई बिदा दिएको जनाएका छन्।
नेपाल सरकारबाट २०७९ चैत २ गते प्रकाशित राजपत्रको ७।२ को ९ख० मा पनि मोहम्मद जयन्तीका नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा उल्लेख छ।
प्रकाशित: ११ असोज २०८० ७:५८ | Thursday, September 28, 2023
प्रतिक्रिया





