सुजुकीको ‘बाडौँ खुसी, चढौँ सुजुकी’ योजना

हिमाल प्रेस १० असोज २०८० १३:१२ | Wednesday, September 27, 2023
सुजुकीको ‘बाडौँ खुसी, चढौँ सुजुकी’ योजना

काठमाडौँ- सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ।

कम्पनीले दसैँ, तिहार तथा छठको अवसरमा ‘बाडौँ खुसी, चढौँ सुजुकी’ योजना ल्याएको हो। यसअन्तर्गत प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार छुट पाइनेछ। त्यस्तै कुनै पनि सुजुकी ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी साटफेर गर्दा १५ हजार छुट दिइने कम्पनीले जनाएको छ।

अन्य ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी साट्दा १० हजार थप मूल्यांकन हुनेछ। यसका साथै शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधाका र एक वर्षको सडक कर निःशुल्क रहेको कम्पनीले जनाएको छ।
यो योजनाअन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकले पाउनेछन्।

प्रकाशित: १० असोज २०८० १३:१२ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast