‘बलिदान’ बनाउँदै सन्तोष सेन

हिमाल प्रेस १० असोज २०८० १२:२० | Wednesday, September 27, 2023
‘बलिदान’ बनाउँदै सन्तोष सेन

काठमाडौँ- निर्माता/निर्देशक सन्तोष सेनले फिल्म ‘बलिदान’ बनाउने घोषणा गरेका छन्। फिल्म सामाजिक-राजनीतिक विषयवस्तुमा आधारित हुनेछ। राज्यबाट प्राप्त अधिकार प्रयोग गर्न सक्ने र राज्यबाट किनारा लगाइएको वर्गबीच अधिकारका लागि हुने द्वन्द्वको कथा फिल्ममा देखाइने सेनले बताएका छन्।

फिल्ममा मधेश र पहाडको कथा देखाइनेछ। ‘मधेश आन्दोलन किन चर्कियो, द्वन्द्व किन थियो र किन भयो भन्ने कथामा फिल्म बन्न लागेको हो,’ उनी भन्छन्, ‘२०६२-६३ सालमा भएको आन्दोलनदेखि विभिन्न समयमा भएका आन्दोलनको कथा फिल्ममा देखाइनेछ। देश तथा विदेशका कुटिलहरूले बारम्बार जनतालाई बलिदान दिन बाध्य बनाउँछन्। अब ती कुटिललाई तह लगाउनुपर्छ भन्ने कथा प्रस्तुत गर्दैछौँ।’

फिल्ममा एक युग पुरुषको जन्म हुने, जसले त्यस्ता व्यक्तिलाई तह लगाउने उनी बताउँछन्। भन्छन्, ‘फिल्मले ‘हामी नेपाली एक हौँ’ भन्ने सन्देश दिनेछ।’

प्रकाशित: १० असोज २०८० १२:२० | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast