प्रधानमन्त्री प्रचण्ड ल्हासामा

हिमाल प्रेस १० असोज २०८० १२:१६ | Wednesday, September 27, 2023
प्रधानमन्त्री प्रचण्ड ल्हासामा

ल्हासा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन्।

शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन्। उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आयोजित अन्तरक्रियामा सहभागी भई पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ। दाहालले चिनियाँ कम्युनिस्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितका सरकारी अधिकारी पनि प्रधानमन्त्रीसँग भ्रमणमा छन्। –रासस

प्रकाशित: १० असोज २०८० १२:१६ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast