स्वास्थ्यमन्त्री भन्छन्, पाँच वर्षमा चिकित्सक र नर्स नभेटिने अवस्था आउन सक्छ

हिमाल प्रेस १० असोज २०८० ११:५५
4
SHARES
स्वास्थ्यमन्त्री भन्छन्, पाँच वर्षमा चिकित्सक र नर्स नभेटिने अवस्था आउन सक्छ चितवनमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत।

चितवन- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्। चितवनमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए।

बस्नतेले भने, ‘दिनप्रतिदिन दुःखद् घटना भएका छन्। यो खेदजनक छ। यसका बारेमा पटक-पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनस्ंयामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ।’ गृह मन्त्रालयसँग शान्तिसुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको जानकारी दिँदै उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोध गरे।

बस्नेतले भने, ‘हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो।’

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने दाबी गरे। यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पुर्‍याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उनको भनाइ छ। मन्त्री बस्नेतले भने, ‘यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ।’

यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उनले जानकारी दिए। शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने बस्नेतले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast