हाजिर हुन नआएका २२ जना प्रहरीलाई सोधियो स्पष्टीकरण

हिमाल प्रेस १० असोज २०८० ७:२२ | Wednesday, September 27, 2023
हाजिर हुन नआएका २२ जना प्रहरीलाई सोधियो स्पष्टीकरण

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि सम्पर्कमा नआएका २२ जना प्रहरीलाई हाजिर हुन आउने बारे सूचना प्रकाशित गरेको छ।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको हो ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउन भनिएको छ।

अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही हुने उल्लेख छ।

प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ सूचनाद्वारा सफाइको मौका प्रदान गरिएको जानकारी गराइएको छ।

प्रकाशित: १० असोज २०८० ७:२२ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast