नेपाल मुस्लिम संघको अध्यक्षमा अतावुल मन्सुरी

हिमाल प्रेस ९ असोज २०८० ७:३१ | Tuesday, September 26, 2023
नेपाल मुस्लिम संघको अध्यक्षमा अतावुल मन्सुरी

काठमाडौँ- नेपाल मुस्लिम संघको अध्यक्षमा अतावुल मन्सुरी चयन भएका छन्।

नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको संघको तेस्रो महाधिवेशनले मन्सुरीलाई निर्विरोध चयन गरेको हो ।

अध्यक्षमा मन्सुरसहित मोहम्मद निजामुद्दिनले मनोनयन दर्ता गराएका थिए। तर सहमतिका लागि भन्दै निजामुद्दिनले समर्थन गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

उपाध्यक्षमा अहमद हुसेन, महासचिवमा प्रवेज आलम अंसारी, सचिवमा मो। अखतर शाकिर,कोषाध्यक्ष पदमा अब्दुल करिम निर्वाचित भएका छन् ।

संघमा ८७ जनाको कार्यसमिति रहने व्यवस्था छ। आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशन कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

प्रकाशित: ९ असोज २०८० ७:३१ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast