तस्बिरमा १९औँ एसियाली खेलकुदको उद्घाटन

हिमाल प्रेस ७ असोज २०८० ७:३७ | Sunday, September 24, 2023
तस्बिरमा १९औँ एसियाली खेलकुदको उद्घाटन

हाङ्जाउ (चीन)- १९औँ एसियाली खेलकुद २०२२ को चीनको हाङ्जाउमा भव्य उद्घाटन भएको छ। हाङ्जाउ ओलिम्पिक रंगशालामा शनिबार राति भव्य समारोहबीच चीनका राष्ट्पति सि चीनफिङले प्रतियोगिताको उद्घाटन गरे।

उद्‍घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए। साथै परराष्ट्र मन्त्री एनपी साउद, यूवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्‍का सदस्य सचिव टंकलाल घिसिङलगायत उद्घाटन समारोहमा सहभागी थिए।

उद्घाटन समारोह करिब दुई घण्टासम्म चलेको थियो। उद्घाटनमा मार्च पासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दो खेलाडी वीरबहादुर महराले बोकेका थिए।

दुवै खेलाडीले सन् २०१९ मा नेपालमा भएको १३औँ साग खेदकुद प्रतियागितामा स्वर्ण पदक जितेका तिए। यस प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडी सहभागी हुँदैछन्। जसमा महिला १२७ र पुरुष १२६ रहेका छन्।

 

-रासस

प्रकाशित: ७ असोज २०८० ७:३७ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast