काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानमा १७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ। शनिबार सम्पन्न साधारणसभा तथा निर्वाचनमार्फत चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्य समिति बनेको हो।
अध्यक्षमा चन्द निर्विरोध निर्वाचित भएका हुन्। क्यानको निर्वाचन समितिले चुनावको नतिजा औपचारिक रूपमा सार्वजनिक गरिसकेको छ। नतिजाअनुसार उपाध्यक्षमा रोशनकुमार सिंह पनि निर्विरोध निर्वाचित भएका हुन्।
सचिवमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै सचिवमा निर्वाचित भएका हुन्। त्यस्तै कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्।
महिला सदस्यमा जयन्तीदेवी भट्ट निर्विरोध निर्वाचित भएकी छन्। त्यस्तै धिरेन्द्र सावद, दुर्गाराज पाठक, आयुष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द, करन महत्रा क्षेत्री, अर्जुन पौडेल, माधवकुमार कर्माचार्य, दिवाकर घले र सुदिप शर्मा सदस्यमा निर्वाचित भएका छन्।
त्यस्तै प्रदिप मजगैया र श्रीधर केसी निर्विरोध तथा विक्रम विष्ट प्रतिस्पर्धामार्फत सदस्यमा निर्वाचित भएका छन्।