एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

हिमाल प्रेस ५ असोज २०८० १८:०१ | Friday, September 22, 2023
एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

काठमाडौँ- एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ।

चीनको हाङझाउमा शुक्रबार भएको प्रतियोगिताअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा भियतनामले नेपाललाई २-० गोलअन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल खान पुग्यो। भियतनामको जितमा फाम हाइ एन र न्यूगेन थि बिच थुइले समान एक-एक गोल गरे।

खेलको ५३औँ मिनेटमा फाम हाइ एनले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाइन्। त्यस्तै ६४औँ मिनेटमा थि बिच थुइले एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन्। नेपालले अब आफ्नो दोस्रो खेल जापानसँग सोमबार (असोज ८ गते) खेल्नेछ।

प्रकाशित: ५ असोज २०८० १८:०१ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast