पत्रकार गिरिराज बाँस्कोटालिखित ‘कञ्‍चनजंघाको काखबाट’ विमोचन

हिमाल प्रेस १ पुष २०७९ १६:५५ | Friday, December 16, 2022
पत्रकार गिरिराज बाँस्कोटालिखित ‘कञ्‍चनजंघाको काखबाट’ विमोचन

पाँचथर– पत्रकार गिरिराज बाँस्कोटाद्वारा लेखिएको ‘कञ्चनजंघाको काखबाट’ नियात्राकृति विमोचन गरिएको छ। शुक्रबार पाँचथर सदरमुकाम फिदिममा आयोजित एक समारोहबीच प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पत्रकार र लेखकहरूबाट उक्त पुस्तक विमोचन गरिएको हो।

मोटरसाइकलमार्फत पुष्पलाल (मध्यपहाडी) लोकमार्गबाट पूर्व-पश्चिम यात्रा गरेका बाँस्कोटाले सो यात्राका साथै पछिल्लो १० वर्षको समयमा गरिएका भ्रमण क्रममा कञ्चनजंघा हिमाल क्षेत्रलगायत विभिन्न क्षेत्रको प्रशंग र सन्दर्भ पनि पुस्तकमा रंगीन तस्बिरसहित समेटेको जानकारी दिए।

२० वटा पाठ रहेको पुस्तकमा चौंरी, गुराँस, तितेमाछाका साथै पूर्वी मध्यपहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटाका स्थानीय विषयहरूलाई विषयलाई ठाउँ दिइएको छ। मन्त्री आङ्बो प्रकाशक रहेको सो पुस्तकको बिक्री-वितरक ज्ञानज्योति पुस्तक पसल काठमाडौँ हो।

बाँसकोटाको यसअघि ‘ढुंगाको प्रेम’ कविता संग्रह र फुटकर रचनाहरू प्रकाशित छन्। डेढ दशकदेखि पत्रकारितामा सक्रिय बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्षसमेत हुन्।

प्रकाशित: १ पुष २०७९ १६:५५ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast