बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

हिमाल प्रेस ५ असोज २०८० ७:३१ | Friday, September 22, 2023
बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौँ- काठमाडौँको बालाजुस्थित माछापोखरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-१६ माछापोखरीमा बा२ख ६७२९ नम्बरको बसले स्कुटरलाई बिहीबार साँझ ठक्कर दिँदा पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो।

बसले ठक्कर दिएपछि चालक फरार भएकाले स्कुटरको नम्बर खुल्न सकेको छैन। दुर्घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।

दुर्घटनामा परेको स्कुटर चालक किन भागे खुलेको छैन। फरार स्कुटर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ५ असोज २०८० ७:३१ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast