सरकार-शिक्षक वार्ता सकारात्मक, शुक्रबार फेरि वार्ता

हिमाल प्रेस ४ असोज २०८० २१:२८ | Thursday, September 21, 2023
सरकार-शिक्षक वार्ता सकारात्मक, शुक्रबार फेरि वार्ता

काठमाडौँ- आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार साँझ भएको वार्ता सकारात्मक भएको छ। बिहीबार साँझ सिंहदरबारमा भएको छलफल सकारात्मक भएको कानुन मन्त्री धनराज गुरुङले जानकारी दिए।

‘कुरा सकारात्मक छ,’ उनले भने, ‘बिहान भएको कुरामा थप बुँदागत रूपमा छलफल भयो। वार्ता शुक्रबार बिहान फेरि हुनेछ।’ शुक्रबार बिहान वार्ता टुंगिने मन्त्री गुरुङले बताए।

आन्दोलनरत पक्ष शिक्षक महासंघले वार्ता नभएर अनौपचारिक छलफलमात्रै भएको प्रतिक्रिया दिएको छ। नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले वार्ताका लागि बैठकमा पत्र नै पेस नभएको बताए। सहमति भएर हस्ताक्षर नभइकन आन्दोलन नरोकिने अध्यक्ष भण्डारीको भनाइ छ।

यसअघि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बुधबार र बिहीबार काठमाडौँमा प्रदर्शन गरेका छन्।

सरकार र दलसँग छुट्टाछुट्टै वार्तामा बस्दै शिक्षक महासंघ

यसकारण आन्दोलित भए देशभरका शिक्षक

 

प्रकाशित: ४ असोज २०८० २१:२८ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast