शिक्षक आन्दोलनबारे रक्षामन्त्रीले भने : संविधानअनुसारका सबै माग पूरा हुन्छन्

हिमाल प्रेस ४ असोज २०८० १७:२४ | Thursday, September 21, 2023
शिक्षक आन्दोलनबारे रक्षामन्त्रीले भने : संविधानअनुसारका सबै  माग पूरा हुन्छन् फाइल तस्बिर

काठमाडौँ– उपप्रधान तथा कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूले उठाएका मागमध्ये अर्थतन्त्रले धान्न नसक्ने र संविधान विपरीतका मागबाहेक सबै पूरा हुने आश्वासन दिएका छन्। साथै, कार्यबाहक प्रधानमन्त्री खड्काले सरकारले शिक्षकसँग यसअघि गरेका सम्झौताबाट पछि नहट्ने पनि स्पष्ट पारेका छन्।

नेपाल शिक्षक संघले आफू र सरकार बीच २०७५ र २०७८ को फागुनमा भएको सम्भौता विपरीतका प्रावधान राखेर सरकारले संघीय शिक्षा ऐन संसद्‌मा टेबुल गरेको भन्दै आन्दोलनमा उत्रिएको छ। सो विषयलाई स्पष्ट पार्दै खड्काले उक्त कुरा बताएका हुन्।

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै मन्त्री खड्काले उक्त कुरा स्पष्ट पारेका हुन्। ‘अर्थतन्त्रले तत्काल धान्न नसक्ने र आर्थिक बोझ गर्ने कुरा र संविधानले शिक्षासम्बन्धी गरेको बन्दोबस्तीको प्रतिकूल हुने कुरामा सरकार पुग्न सक्दैन,’ खड्काले भने।

उनले थप स्पष्ट पार्दै भने,‘बाँकी त्यो भित्र रहेर खुला दिलले छलफल गरौं। शिक्षकका विषयहरू समाधान हुन्छ र गर्नुपर्छ, सरकार त्यसमा अग्रसर छ। पुराना सहमतिबाट सरकार पछि हट्दैन।’

प्रकाशित: ४ असोज २०८० १७:२४ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast