यात्रुलाई लक्षित गर्दै नेपालमा भाइबरको थप सुविधा

हिमाल प्रेस ३ असोज २०८० १७:२१
यात्रुलाई लक्षित गर्दै नेपालमा भाइबरको थप सुविधा

काठमाडौँ- कल सुविधा प्रदान गर्दै आएको भाइबरले नेपालमा थप सुविधा ल्याउने भएको छ। राकुटेन भाइबरले नेपालको पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले थप सुविधा ल्याउने भएको हो।

‘आन्तरिक यात्रालाई सहयोग र सशक्तीकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकट्ससँग मिलेर एउटा सिर्जनात्मक च्याटबटको सुरुवात गरेको छ,’ भाइबरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसले नेपाली र अन्तर्राष्ट्रिय यात्रुहरूले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउनेछ।’

भाइबरको ट्राभल एजेन्सीसँगको सहकार्यले सस्तो टिकट्स च्याटबटमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराएको छ। ‘यो प्लेटफर्मले लागत प्रभावी उडान विकल्पहरू मात्र प्रदान गर्दैन,’ विज्ञप्तिमा थप भनिएको छ, ‘बरू अन्य धेरै आकर्षक लाभहरू ल्याउँछ।’

भाइबरका लाभहरूमा बम्पर अफर रहेको छ। जसअन्तर्गत उडान र आवासको पूर्ण सुविधासहित २ जनाले थाइल्याण्डको यात्रा पाउने छन्। त्यस्तै दुईतर्फी आन्तरिक उडान टिकटहरूअन्तर्गत १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने कम्पनीले जानकारी दिएको छ।

त्यस्तै पोखरा आवासमा १५ प्रतिशत छुट, माउन्टेन फ्लाइट, मनोरञ्जनलगायत अफर रहेका भाइबरले जानकारी दिएको छ। सस्तो टिकट्सका संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहालले राकुटेन भाइबरसँगको सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको बताए।

‘सस्तो टिकट्स च्याटबटको सुरुवातसँगै राकुटेन भाइबरले सबै नेपाली यात्रुहरूलाई यात्राको सुविधा र आनन्दको नयाँ युगको अनुभव गर्न आमन्त्रित गरेको छ,’ उनले भने। प्रयोगकर्ताले भाइबरमा सस्तो टिकट्स सर्च गरी च्याटबट जोइन गर्न सक्नेछन्।

प्रकाशित: ३ असोज २०८० १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =