काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाडौँ क्यान्सर सेन्टरबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा क्यान्सर सेन्टरका अध्यक्ष अन्जनीकुमार झा र बैंकका बाग्मती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्टले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहकले चाँगुनारायणमा रहेको क्यान्सर सेन्टरका विभिन्न सेवामा छुट सुविधा पाउनेछन्।
सेन्टरले थ्रीडी सीआरटी, आईएमआरटी, भीम्याटलगायत सेवामा छुट दिनेछ। छुट पाउन ग्राहकले बैंकको डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।
प्रकाशित: १ पुष २०७९ १३:३३
प्रतिक्रिया