न्युयोर्कबाट प्रधानमन्त्रीले भने : विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ

हिमाल प्रेस १ असोज २०८० ७:३७ | Monday, September 18, 2023
न्युयोर्कबाट प्रधानमन्त्रीले भने : विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन्।

उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताएका छन्।

संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा सहभागी हुन आइतबार न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अव त्यसको नियमनका लागि विशेष पहल बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए।

उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए।

अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पार्टी पंक्तिको उपल्लो तहमै केहि समस्या देखिएको भन्दै अब त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागी हुनै परेको बताए। प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित: १ असोज २०८० ७:३७ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast