परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघकी उपमहासचिवबीच भेट

हिमाल प्रेस १ असोज २०८० ७:२४ | Monday, September 18, 2023
परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघकी उपमहासचिवबीच भेट

वाशिङ्टन डिसी- संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ।

आइतबार सम्पन्न सो भेटको उनीहरूबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ।

साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ।

भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए। रासस

 

प्रकाशित: १ असोज २०८० ७:२४ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast