विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयमा पठनपाठन प्रभावित

हिमाल प्रेस ३० भदौ २०८० १६:४६ | Saturday, September 16, 2023
विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयमा पठनपाठन प्रभावित मणिलेक मावि काँडा

बैतडी- विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ।

कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन पनि प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले जानकारी दिए। उनका अनुसार विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिने गरेको छ।

बिहानको समयमा लाइनमा लागेका बेला र कक्षाकोठामा छात्राहरू बेहोस भएर ढल्ने गरेका प्रधानाध्यापक कलौनीले बताए। सुरुमा एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि देखिने उनको भनाइ छ। ‘विद्यालय समयमा दैनिक चार-पाँच छात्रामा यस्तो समस्या देखिने गरेको छ,’ उनले भने, ‘१२ देखि १७ उमेर समूहका छात्रामा यो समस्या बढी छ।’

छात्रामा देखिएको यस्तो समस्या ‘मास हिस्टेरिया’ रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। ‘यो सामान्य खालको बिरामीको लक्षण हो। उनीहरूमा भावना उत्पन्न भएर एकबाट अर्कोमा बेहोस हुने क्रम सर्ने गर्दछ,’ उनले भने, ‘मनोपरामर्शलाई जोड दिने, सान्त्वना दिने, मनोबल बढाउने खालका कुरा गर्ने, सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिनेलगायत क्रियाकलापमा सहभागी गराउनुपर्छ। विस्तारै समस्या कम भएर जान्छ।’

यसअघि बैतडीको पञ्चेश्वर गाउँपालिकाका विद्यालय र सिँगास गाउँपालिकाका विद्यालयमा पनि विद्यार्थी बेहोस हुने समस्या देखा परेको थियो। उक्त गाउँपालिका केही विद्यालयहरूमा अझै पनि सो समस्या कायमै छ। रासस

मासहिस्टेरिया : एक दशकदेखिको सास्ती, तड्पिँदै विद्यार्थी

प्रकाशित: ३० भदौ २०८० १६:४६ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast