चितवन- महेन्द्र राजमार्गअन्तर्गत चितवनको नारायणघाट र नवलपरासीको गैँटाकोट जाेड्ने नयाँ पुल निर्माण हुने भएको छ। सडक विभागअन्तर्गतको पुल महाशाखाले नक्साकंनसहित पुल निर्माणका लागि टुण्डी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ। महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण अधिकारीका अनुसार गत जेठ १९ गते ४८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको छ।
निर्माण कम्पनीले पहिलो एक वर्षमा नक्साकंनको काम सम्पन्न गर्नुपर्ने हुन्छ। पुल ४२० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ। निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ बनाइने छ। पुल निर्माणका लागि १ अर्ब ६८ करोड हाराहारी खर्च हुनेछ।
प्रकाशित: २९ भदौ २०८० १४:४३ | Friday, September 15, 2023
प्रतिक्रिया





