लिबियामा भयानक बाढी : के छ शान्ति मिसनमा रहेका नेपाली सैनिकको अवस्था?

हिमाल प्रेस २८ भदौ २०८० २०:४४ | Thursday, September 14, 2023
लिबियामा भयानक बाढी : के छ शान्ति मिसनमा रहेका नेपाली सैनिकको अवस्था?

काठमाडौँ- लिबियामा ठूलो बाढी गएको छ। पूर्वी लिबियामा डानिएल आँधीका कारण गएको विनाशकारी बाढीमा परी ५ हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा लिबियामा नेपाली सेनाका अधिकारी पनि शान्ति सैनिकमा त्यहाँ छन्। उनीहरू सबै सुरक्षित रहेका छन्।

घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब १ सय १३ किलोमिटरको दूरीमा रहेकाले कुनै क्षति नभएको र सबै सुरक्षित रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार बाढीबाट हजारौँ बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। भारी वर्षापछि दुईवटा बाँध फुटेकाले तटीय सहर देर्नाको एक चौथाइ क्षेत्र बाढीले बगाएको छ।

नेपाली सेनाका तर्फबाट बाढीपीडित जनतालाई सहयोगका लागि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकले केही औषधि र चिकित्सा सामग्री पठाएको छ। ती सामग्री संयुक्त राष्ट्रसंघ महासचिवका विशेष प्रतिनिधि र सहायक महासचिवमार्फत हस्तान्तरण गरिनेछ।

बाढीबाट सडक सम्पर्कसमेत विच्छेद भएकाले हवाई अनुगमनबाट लिबियाको पूर्वी क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अनुमान लिइएको हो। डानिएल नामक आँधीका कारण भएको वर्षापछि बाँध फुटेको र देर्नालगायत नजिकका सहरमा ठूलो क्षति भएको छ। रासस

प्रकाशित: २८ भदौ २०८० २०:४४ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast