जाइका नेपाल प्रमुखमाथि ढुंगा प्रहार, जापानिज दूतावासले जनायो आपत्ति

हिमाल प्रेस २८ भदौ २०८० २०:०७ | Thursday, September 14, 2023
जाइका नेपाल प्रमुखमाथि ढुंगा प्रहार, जापानिज दूतावासले जनायो आपत्ति फाइल तस्बिर।

काठमाडौँ- जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबोमाथि ढुंगा प्रहार भएको छ। बुधबार उनीमाथि काठमाडौँमा ढुंगा प्रहार भएको नेपालस्थित जापानिज दूतावासले जनाएको छ। ढुंगा प्रहारबाट गाडीमा पनि क्षति पुगेको दूतावासको भनाइ छ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकरी प्रहारको विरोधमा नेविसंघले गरेको प्रदर्शनका क्रममा ढुंगा प्रहार भएको बताइएको छ। प्रहरीले घटनाका विषयमा कुनै उजुरी नआए पनि अनुसन्धान भने गरिरहेको बताएको छ।

दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति खेद प्रकट गरेको छ। ‘शान्तिपूर्ण प्रदर्शनको अधिकार लोकतन्त्रको आधारभूत अभिव्यक्ति स्वतन्त्रताको अंग हो मानिन्छ। तर जब यो हिंसामा परिणत हुन्छ, त्यो अपराध कार्यबाहेक अरु केही हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

दूतावासले नेपाल सरकारले विदेशी पर्यटक र बाह्य लगानीलाई प्रवद्र्धन गरिरहेको अवस्थामा हुन गएको यस्ता घटनाले नेपालको प्रयत्नलाई प्रतिकूल असर पर्ने जनाएको छ।

‘हामीले नेपालमा बसोबास गर्ने जापानी नागरिकहरुलाई यस्ता घटनादेखि जोगिन सचेत गराएका छौँ। त्यसैगरी नेपाल विदेशीहरूका लागि शान्तिपूर्ण र आकर्षक मुलुक रहिरहने कुरामा हामी आशावादी छौँ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ भदौ २०८० २०:०७ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast