नेकपा (एस)ले गर्‍यो कार्यविभाजनमा हेरफेर

हिमाल प्रेस २८ भदौ २०८० १९:२२ | Thursday, September 14, 2023
नेकपा (एस)ले गर्‍यो कार्यविभाजनमा हेरफेर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ। केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

उनका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा गरिएको पछिल्लो कार्यविभाजनअनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन्। महासचिव घनश्याम भुसालले समग्र सांठनिक कामका साथै मोर्चा संगठनका कामको विशेष अनुगमन गर्नेछन्।

त्यस्तै नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रूपमा रहनेछन्। उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएको पार्टी कार्यालयले जनाएको छ। पार्टीको प्रतिष्ठानहरूअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएको उपाध्यक्ष हमालले बताए।

यसैबीच एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनीत गरेको छ। हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको पार्टीका उपाध्यक्ष हमालले जानकारी दिए।

उनका अनुसार पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए। बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उनीहरूलाई केन्द्रीय सदस्य मनोनीत गरिएको हमालको भनाइ थियो।

केन्द्रीय सदस्यमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुंगाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनीत भएका छन्। रासस

प्रकाशित: २८ भदौ २०८० १९:२२ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast