परराष्ट्रमन्त्री साउद न्युयोर्कमा

हिमाल प्रेस २७ भदौ २०८० १९:२१ | Wednesday, September 13, 2023
परराष्ट्रमन्त्री साउद न्युयोर्कमा

वाशिङ्टन डिसी- संयुक्त राष्ट्रस‌ंघको ७८ औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद न्युयोर्क आइपुगेका छन्। मन्त्री साउदलाई राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरेका थिए।

न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारीअनुसार परराष्ट्रमन्त्री साउदले आजदेखि राष्ट्रसंघको विभिन्न फोरममा सहभागिता जनाउनेछन्। गत सेप्टेम्बर ५ देखि सुरु भएको वार्षिक महासभामा विश्वभरका उच्चस्तरका नेताहरूले सेप्टेम्बर १९ तारिखदेखि सम्बोधन गर्ने कार्यतालिका छ।

यसपटकको महासभालाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम छ। सेप्टेम्बर १८ र १९ तारिखको दिन दिगो विकाससम्बन्धी सम्मेलन हुनेछ। २० तारिखको दिन विकासका लागि वित्तीय परिचालनका विषयमा उच्चस्तरीय संवाद हुनेछ।

सोही दिन जलवायु परिवर्तनसम्बन्धी सम्मेलनसमेत हुनेछ। यस सम्मेलनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वभरबाट महासभामा भाग लिन आएका सरकारी, गैरसकारी, व्यावसायिक, नागरिक समाजका प्रतिनिधिलाई जलवायु असरका बारेमा सम्बोधन गर्नेछन्।

यसै गरी २० तारिखकै दिन महामारी नियन्त्रण, पूर्वतयारी र उत्तरदायी विषयमा समेत छलफल हुने कार्यक्रम छ। राष्ट्रसंघले दिएको जानकारीअनुसार यसपटकको महासभामा मुख्य कार्यक्रममा भविष्यका लागि मन्त्रिस्तरीय सम्मेलन, युनिभर्सल हेल्थ कभरेज, क्षयरोगविरुद्धको लडाईंका विषयमा छलफल हुने जनाइएको छ। यी कार्यक्रममा नेपालले मन्त्रिस्तरीय, प्रधानमन्त्रीस्तरीय रूपमा सहभागिता जनाउनेछ। रासस

प्रकाशित: २७ भदौ २०८० १९:२१ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast