टीभीएसको विद्युतीय स्कुटर आइक्युब सार्वजनिक

हिमाल प्रेस २७ भदौ २०८० १२:३० | Wednesday, September 13, 2023
टीभीएसको विद्युतीय स्कुटर आइक्युब सार्वजनिक

काठमाडौँ- नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले विद्युतीय स्कुटर आइक्युब सार्वजनिक गरेको छ।

आइक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्प दिइएको छ। यसमा ५-वे जोइस्टिकको साथमा ७ इन्चको टीएफटी क्लस्टरले इन्टर्‍याकसन, म्युजिक कन्ट्रोल, थिम पर्सनलाइजेसनलगायतका सुविधा दिइएको छ।
यसमा ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकजस्ता विशेषता छन्। त्यसका साथै यूएसबी चार्जिङ पोर्ट, लामो र चौडा सिट छ।

४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित आइक्युबले ७८ किमी प्रतिघण्टाको स्पीड दिनुका साथै ४.२ सेकेन्डमा ०–४० किमी प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ। यसमा ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याक रहेका छन्। जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ।

प्रकाशित: २७ भदौ २०८० १२:३० | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast