पोखरामा १६ तोला सुनसहित दुई जना पक्राउ

हिमाल प्रेस २६ भदौ २०८० २०:४७ | Tuesday, September 12, 2023
पोखरामा १६ तोला सुनसहित दुई जना पक्राउ

पोखरा- सुनका गरगहना चोरी गर्ने र सो गहना लुकाउन सहयोग गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

चोरी गरेको आरोपमा पर्साको पर्सागढी नगरपालिका-२ घर भई हाल पोखरा-१२ बस्ने २२ वर्षीया शिवदेवी चौधरी र सो गहना लुकाउने पोखरा बुद्धचोकस्थित मोबाइल पसलका सञ्चालक सुजन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

पोखरा-१२ स्थित पशु सेवा तालिम केन्द्र कार्यालय परिसरको आवास कोठामा बस्नेले अन्दाजी १६ तोला बराबरका सुनका गरहगना चोरी भएको भन्दै कास्की प्रहरीमा निवेदन दिएका थिए। अनुसन्धानका क्रममा प्रहरीले उक्त आवासमा काम गर्ने चौधरीलाई नियन्त्रणमा लिएको थियो।

प्रारम्भिक अनुसन्धानमा सुनका गरगहना चोरी गरी मोबाइल पसलमा लुकाएको खुलेपछि पसल खानतलासी गर्दा १६ तोला बराबरका विभिन्न सुनका गरगहना भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए।

प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसूरमा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित: २६ भदौ २०८० २०:४७ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast