धनगढीमा हार्डवेयर एक्स्पो हुँदै

हिमाल प्रेस २६ भदौ २०८० १८:५४ | Tuesday, September 12, 2023
धनगढीमा हार्डवेयर एक्स्पो हुँदै

धनगढी- कैलालीस्थित धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर एक्स्पो-२०८० हुने भएको छ। कैलाली हार्डवेयर व्यवसायी संघले असोज १० देखि १४ गतेसम्म एक्स्पो सञ्चालन गर्ने भएको हो। मंगलबार धनगढी पत्रकार सम्मेलन गरेर निर्माण सामग्री तथा हार्डवेयर मेलाको तयारी थालिएको संघले जनाएको छ।

पाँच दिनसम्म चल्ने मेला धनगढीको सौराई स्क्वायरमा आयोजना हुँदैछ। हार्डवेयर एक्स्पोमा स्वदेशी तथा विदेशी कम्पनीको उत्पादन बारेमा विस्तृत जानकारी दिने संघका अध्यक्ष कुवेरबहादुर शाहीले बताए।

उनका अनुसार प्रदर्शनीमा निर्माणका लागि चाहिने सरिया, सिमेन्ट, सेक्सन, जीआई तार, सेनेट्री टायल्स तथा होम डेकोरका लागि चाहिने सबै सामानहरू राखिनेछ। यी वस्तुहरूको गुणस्तर र मूल्यबारेमा प्राविधिक पक्ष हेर्ने इन्जिनियर, आर्किटेक्ट्स, इन्टेरियर डिजाइनरले अवलोकनकर्तालाई जानकारी दिइने जनाइएको छ।

कैलाली हार्डवेयर व्यवसायी संघले २०७५ देखि निर्माण सामग्री तथा हार्डवेयर मेला गर्दै आएको छ। मेलामा स्वदेश तथा विदेशमा उत्पादित निर्माण तथा हार्डवेयर सामग्रीको प्रदर्शन गरिने आयोजकले जनाएको छ। मेलामा विभिन्न कम्पनी र ब्रान्डका उत्पादनहरूको मूल्य र गुणस्तरबारे विस्तृत जानकारीसमेत दिइनेछ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा ५० भन्दा बढी कम्पनी तथा व्यावसायिक फर्मका स्टलहरू अवलोकन गर्न पाइनेछ। यस्तै नयाँ प्रविधि, उपकरण र मेसिनरी सामानहरूको अवलोकन तथा जानकारी प्रदान गरिने आयोजकले बताएको छ।

प्रकाशित: २६ भदौ २०८० १८:५४ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast