पूर्वराष्ट्रपतिको स्वास्थ्य बुझ्न पुगे स्वास्थ्यमन्त्री

हिमाल प्रेस २५ भदौ २०८० ६:२५ | Monday, September 11, 2023
पूर्वराष्ट्रपतिको स्वास्थ्य बुझ्न पुगे स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा उपचाररत पूर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

वीर अस्पतालको विशिष्ठ (भीआईपी) कक्षमा उपचार गराइरहेका डा यादवलाई भेटेर मन्त्री बस्नेतले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्।

आइतबार साँझ स्वास्थ्यमा समस्या आएपछि पूर्व राष्ट्रपति यादव वीर अस्पतालमा भर्ना भएका थिए। डा.यादवले आफ्नो उपचारमा वीरका चिकित्सकहरुले कुनै कमी नगरेको मन्त्री बस्नेतसँग सुनाएका थिए।

प्रकाशित: २५ भदौ २०८० ६:२५ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast