आन्तरिक उत्पादनलाई प्राथमिकता दिएर १६औँ योजना तर्जुमा गर्न परिसंघको सुझाव

हिमाल प्रेस २४ भदौ २०८० १६:३९ | Sunday, September 10, 2023
आन्तरिक उत्पादनलाई प्राथमिकता दिएर १६औँ योजना तर्जुमा गर्न परिसंघको सुझाव

काठमाडौँ- नेपाल उद्योग परिसंघले १६औँ योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएको छ। परिसंघले १६औँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन पेश गर्दै आइतबार यस्तो सुझाव दिएको हो।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई परिसंघको सुझाव हस्तान्तरण गरे। उक्त अवसरमा अध्यक्ष अग्रवालले १६औँ योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगका लागि जग्गाको सिलिङ तोक्न नहुने, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन ‘मेक इन नेपाल’ अभियानको प्रबद्र्धन गरिनुपर्ने उनले बताए।

यसैगरी गुणस्तरीय पूर्वाधार विकासका लागि न्यून बोलकबोललाई आधार मानेर आयोजना दिन नहुने, सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गरिनुपर्ने, नेपालको निर्यात प्रवद्र्धन गर्न विभिन्न मुलुकसँग दोहोरो करमुक्ति सम्झौता गर्नुपर्ने, रोजगारमूलक सीप विकासलाई उच्च प्राथमिकतामा राख्न पनि परिसंघले सुझाव दिएको छ।

परिसंघको सुझाव ग्रहण गर्दै योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले १६औँ योजना उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित हुने बताए। उत्पादन बढेमात्रै आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन सकिने भएकाले आगामी योजना यसमै केन्द्रित हुने उनले धारणा राखे। परिसंघले अध्ययनका आधारमा तय गरेको ४९ पृष्ठको विस्तृत सुझाव आयोगसमक्ष पेश गरेको छ।

प्रकाशित: २४ भदौ २०८० १६:३९ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast