हिमालय एयरलाइन्सको काठमाडौँ–छिन्ताओ उडान सुरु

हिमाल प्रेस २४ भदौ २०८० १५:२२ | Sunday, September 10, 2023
हिमालय एयरलाइन्सको काठमाडौँ–छिन्ताओ उडान सुरु

काठमाडौँ- नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ–छिन्ताओ–काठमाडौँ उडान सुरु गरेको छ। एयरलाइन्सले यो रुटमा अबदेखि हरेक आइतबार सेवा सञ्चालन गर्ने जनाएको छ।

काठमाडौँ-छिन्ताओ आजको पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ः१५ मा भएको थियो। यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहने छ। पहिलो उडानमा एक सय यात्रु सहभागी भएको एयरलाइन्सले जानकारी दिएको छ।

नेपालका लागि चीनका राजदूत छन् सोङले यस उडानलाई नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाणका रूपमा व्याख्या गरे। उनले भने, ‘चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ। यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्नेछ।’

 

प्रकाशित: २४ भदौ २०८० १५:२२ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast