प्रकाश सपुतको तीजगीत ‘जाले रुमाल फाट्यो’ ट्रेन्डिङमा

हिमाल प्रेस २४ भदौ २०८० १४:०८ | Sunday, September 10, 2023
प्रकाश सपुतको तीजगीत ‘जाले रुमाल फाट्यो’ ट्रेन्डिङमा

काठमाडौँ- गायक प्रकाश सपुतको शब्द र संगीतमा ‘जाले रुमाल फाट्यो’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। गीत २४ घण्टा नबित्दै नेपाली युट्युबको ट्रेन्डिङ २ मा परेको छ। गीतले साढे छ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ। गीत यसअघिको ‘कुरा बुझ्न पर्च’ को दोस्रो भाग हो।

गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् भने सुदीप सागरले संगीत संयोजन गरेका छन्।

सपुतकै कथा, निर्देशन र प्रस्तुति रहेको गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी, रोमा बिष्ट, बद्री पुडासैनी, पुष्प अवस्थी, नवराज उप्रेती, अञ्जली खड्का र स्वयं सपुतको अभिनय छ। भिडियोमा महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश दिन खोजिएको छ।

गीत विवेक खड्काको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन प्रवीण भट्ट र बीपी फिल्मसनेपालको सम्पादनमा बनेको छ। गीत गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रकाशित: २४ भदौ २०८० १४:०८ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast