
काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्दैछ। आज अपराह्न बस्ने बैठकले संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गर्ने सम्भावना छ।
यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने बताएका थिए।
विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ।
प्रकाशित: २१ भदौ २०८० ८:००
प्रतिक्रिया